भारतको जम्मु एयर फोर्स स्टेसनमा एकै दिन दुई पटक विष्फोट‌

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार १३

१३ असार, काठमाडौं । भारतको जम्मु एयर फोर्स स्टेसनमा आज मात्र दुईपटक विष्फोट गराइएको छ ।

उक्त विष्फोट आतंकवादी आक्रमण भएको र प्रहरी, वायु सेना तथा अन्य एजेन्सीहरुले यस विषयमा अनुसन्धान गरिरहेको जम्मु कश्मीरका डीजीपी दिलबाग सिंहले जनाएका छन् ।

आइतबार बिहान जम्मु एयर फोर्स स्टेसनको टेक्निकल एरियामा कम तीव्रताका दुई विष्फोट भएको भारतीय वायु सेनाले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएको छ। विष्फोटको कारण एउटा भवनको छतमा नोक्सानी पुगेको छ भने दोस्रो विष्फोट खुला स्थानमा गराइएको थियो।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार ६ मिनेटको अन्तरमा गरिएको सो विष्फोटमा परी चार जना सैनिक घाइते भएका छन् । भारतीय वायु सेनाले यी दुई विष्फोटमा अन्य कुनै सामग्रीको क्षति नभएको बताएको छ ।

सम्भावित ठूलो आतंकवादी आक्रमण असफल भएको दाबी गर्दै जम्मु–कश्मीरका डीजीपी सिंहले प्रहरीले ५–६ किलो तौल भएको एक आईईडीसहित एक व्यक्तिलाई हिरासतमा लिएको बताएका छन्। यस मामिलामा अन्य मानिसहरु पनि पक्राउ पर्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *