मेचीनगरमा मोटरसाइकल दुर्घटना, उपचारका क्रममा महिलाको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १४

झापाको मेचीनगरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा बिर्तामोड नगरपालिका–७ गरामनीकी ५४ वर्षीया कल्पना भण्डारीको मृत्यु भएको हो। माघ ११ गते दिउँसो मेचीनगर–७ नमुना टोलस्थित भित्री सडकमा काँकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आएको अर्को मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा एक मोटरसाइकल चालक सामान्य घाइते भए पनि पछाडि सवार कल्पना भण्डारी गम्भीर घाइते भएकी थिइन्। टाउको र शरीरमा चोट लागेपछि उनलाई बीएण्डसी अस्पताल लगिएको थियो, जहाँ उपचारकै क्रममा बुधबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न अर्को मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *