काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चुनावी अभियानका क्रममा यतिबेला सुदूरपश्चिमको कैलालीमा व्यस्त छन् ।
उनले कैलालीका पाँचवटै निर्वाचन क्षेत्रमा पुगेर पार्टीका उम्मेदवारहरूको सम्पर्क कार्यालयको अवलोकन गर्नुका साथै स्थानीय समर्थकहरूसँग साक्षात्कार गरेका छन् ।
बालेनले कैलाली निर्वाचन क्षेत्र नं.१ का उम्मेदवार कोलम ज्ञवाली, क्षेत्र नं। २ का केपी खनाल, क्षेत्र नं. ३ का जगत प्रसाद जोशी, क्षेत्र नं. ४ का खेमराज कोइराला र क्षेत्र नं. ५ का आनन्द चन्दको सम्पर्क कार्यालयमा पुगी चुनावी तयारीबारे जानकारी लिएका हुन् ।
बालेन पुगेका प्रत्येक कार्यालयमा समर्थकहरूको उल्लेख्य उपस्थिति देखिएको छ । उनले उम्मेदवारहरूलाई जनताको घरदैलोमा पुगेर उनीहरूका समस्या सुन्न र परिवर्तनको एजेन्डाबारे बुझाउन आग्रह गरेका छन् ।
काठमाडौंको मेयर पद त्यागेर देशव्यापी अभियानमा होमिएका बालेनको उपस्थितिले कैलालीमा रास्वपाका उम्मेदवार र कार्यकर्ताहरूमा नयाँ ऊर्जा थपेको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्