|
२०८२ माघ १३
काठमाडौँ — नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण कोशी र मधेस प्रदेशका तराई क्षेत्रका केही स्थानमा तुवाँलो लागेको छ। हिमाली भूभागमा आंशिक बदली देखिएको छ भने बाँकी भूभागमा मौसम प्रायः सफा रहेको छ।
आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने र केही स्थानमा हल्का हिमपातसहित वर्षा हुने सम्भावना रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका अन्य भूभागका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसमको अवस्था अनुसार सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्