काठमाण्डौँ । उद्योग प्रभावित स्थानीयले पाल्पा सिमेन्ट इन्डस्ट्रिजको आइपीओमा आवेदन दिने आज माघ ११ गते अन्तिम दिन रहेको छ।
पहिलो चरणमा कम्पनीले गत पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको थियो । यो आइपीओमा उद्योग प्रभावित स्थानीयले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेका नेपालका लागि गत पुस ३० गतेसम्म आइपीओ बिक्री खुला गरिएको थियो ।
कम्पनीले जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ । जसमध्ये कम्पनीले उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी (साविकको नवलपरासी जिल्ला) र खानी रहेको क्षेत्र पाल्पा जिल्लाका स्थानीयलाई जारी पुँजीको ५ प्रतिशतले हुन आउने १८ लाख ७५ हजार कित्ता शेयर निष्कासन गरेको छ।
स्थानीयले नबिल बैंकका तानसेन, बर्दघाट, बुलिबटार तथा गैँडाकोट शाखा र प्रभु बैंकका पाल्पा, बर्दघाट, परासी तथा बेलतारी शाखा र सिद्धार्थ बैंकका पाल्पा, बर्दघाट र परासी शाखाबाट आवेदन दिन सक्नेछन् ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्