आइतबार सुनको मूल्य तोलामा ३ लाख ३ हजार ८ सय

DaksuMedia दाक्सु मिडिया
|
माघ ११, २०८२

काठमाण्डौँ । आइतबार सुनको मूल्य तोलामा ३ लाख ४ हजार नजिक पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिनको कारोबारमा छापावाल सुन तोलामा ३ लाख ३ हजार ८०० रुपैयाँ पुगेको हो ।

यसअघि शुक्रबार छापावाल सुन तोलामा ३ लाख १ हजार ४०० रुपैयाँ कायम भएको थियो । आइतबार कायम भएको मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा ६ हजार १ सय ९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा ६ हजार ४ सय ८० रुपैयाँ कायम भएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *