|
माघ १०, २०८२
काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्का ‘ए’ विरुद्धको तेस्रो अभ्यास खेलमा ७ विकेटको जित निकालेको छ। शनिबार भएको खेलमा नेपालले १३३ रनको लक्ष्य १६.२ ओभरमै तीन विकेटको क्षतिमा पूरा गर्यो।
नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ४९ रन बनाए। आरिफ सेख अविजित २४ तथा दिपेन्द्र सिंह ऐरीले २२ रन जोड्दा कप्तान रोहित पौडेलले १९ रनको योगदान दिए।
यसअघि श्रीलङ्का ‘ए’ ले २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन बनाएको थियो। यससँगै अघिल्ला दुई खेलमा पराजय बेहोरेको नेपालले तेस्रो खेलमा पहिलो जित हासिल गरेको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्