कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै, सभापति थापालाई भावी प्रधानमन्त्री घोषणा गर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ९

काठमाण्डौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्ने नेताहरुले बताएका छन् ।

उपसभापति पुष्पा भुसालले सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा होमिन बैठक बोलाइएको जानकारी दिइन् ।

गत पुस २७ गतेदेखि माघ १ गतेसम्म चलेको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सभापति चुनिएका थिए । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरु आज पहिलो पटक केन्द्रीय कार्यालय सानेपा पुग्नेछन् । उपसभापति भुसालका अनुसार सभापति थापासहित पदाधिकारीले पदभार ग्रहण गरेपछि केन्द्रीय समिति बैठक बस्ने छ ।

बैठकमा थापालाई भावी प्रधानमन्त्री घोषणा गरी निर्वाचनमा होमिने, निर्वाचन अभियानसँग सम्बन्धित समिति गठन गर्ने र समसामयिक राजनीतिक सन्दर्भमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

बैठकपछि सभापति थापा चुनाव प्रचारका लागि सर्लाही क्षेत्र नम्बर ४ जाने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *