कांग्रेसको बैठक शुक्रबार सानेपामा बस्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ८

काठमाण्डौँ । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पार्टी कार्यालय सानेपामा बस्ने भएको छ।

विशेष महाविधेशनले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विघटन गरी पुस ३० गते नयाँ केन्द्रीय कार्यसमितिको चयन गरेको थियो ।

नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि पहिलोपल्ट सानेपामा बैठक बस्न लागेको हो । पार्टीभित्रको आन्तरिक कलहका कारण नवनिर्वाचित केन्द्रीय कार्यसमिति सानेपामा नगई बाहिरनै बैठक राख्दै आएको छ ।

पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ। उक्त बैठकबाट सभापति थापालाई भावी प्रधानमन्त्रीको रुपमा घोषणा गर्ने तयारी छ।

पार्टीले भावी प्रधानमन्त्रीको घोषणा गरेपछि थापा आफ्नो चुनावी क्षेत्र सर्लाही–४ मा जाने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *