मञ्जुश्री फाइनान्सले साढे १५ प्रतिशतले बढायो नाफा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ७

काठमाण्डौँ । मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्ष २०८२.८३ को दोस्रो त्रैमास (साउन–पुस) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले १३ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१.८२ को दोस्रो त्रैमाससम्म कम्पनीले ११ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले कम्पनीो नाफा अघिल्लो वर्षको तुलनामा १५.६३ प्रतिशतले बढेको छ।

चालु वर्षको पुससम्म कम्पनीको सञ्चालन मुनाफा घटेर १९ करोड १२ लाख रुपैयाँमा भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म सञ्चालन मुनाफा २१ करोड ६१ लाख रुपैयाँ थियो। कम्पनीको सञ्चालन मुनाफा ११.५४ प्रतिशतले घटेको छ।

पुससम्म कम्पनीले ४५ करोड ३२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ३९ करोड ८० लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ब्याज आम्दानी १३.८७ प्रतिशतले बढी हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *