इरान–अमेरिका तनाव उत्कर्षमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ५

काठमाण्डौँ । इरानमा जारी देशव्यापी प्रदर्शन र त्यसपछि भएको सरकारी दमनका कारण मध्यपूर्वमा तनाव उत्कर्षमा पुगेको छ ।

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीमाथि हुने कुनै पनि आक्रमणलाई पूर्ण युद्ध मानिने तेहरानको चेतावनी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य धम्कीले स्थिति भयावह बनेको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरान सरकारलाई चेतावनी दिँदै शान्तिपूर्ण प्रदर्शनकारीहरूको हत्या जारी रह्यो भने अमेरिकाले सैन्य हस्तक्षेप गर्ने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमा ‘मद्दत आउँदैछ’ भन्दै इरानी जनतालाई संस्थापन पक्षविरुद्ध लाग्न उक्साएका थिए ।

तर, पछिल्लो दुई दिनमा इरानले सामूहिक मृत्युदण्ड रोक्ने संकेत दिएपछि ट्रम्पले आफ्नो आक्रमणको योजनालाई तत्कालका लागि स्थगित गरेको बुझिएको छ।

इरानका सर्वोच्च नेता खामेनीले ट्रम्पलाई अपराधी भन्दै प्रदर्शनको पछाडि अमेरिका र इजरायलको हात रहेको दाबी गरेका छन् ।

इरानी राष्ट्रपति मसुद पेजेस्कियानले सर्वोच्च नेताको सुरक्षामा आँच आउने कुनै पनि कदम चालिएमा इरानले त्यसको कडा सैन्य प्रतिवाद गर्नेछ, जसले क्षेत्रीय युद्धको रूप लिन सक्ने चेतावनी दिएका छन् ।

गत ८ जनवरीदेखि इरानमा लगाइएको इन्टरनेट प्रतिबन्धका कारण आन्दोलनमा भएको वास्तविक क्षतिको विवरण पाउन कठिन भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *