काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सरकार विरोधी प्रदर्शनका क्रममा समातिएका प्रदर्शनकारीलाई मृत्युदण्ड दिने कुनै योजना नरहेको दाबी गरेका छन् । प्रदर्शन दबाउन कडा दमन भइरहेको अवस्थामा इरानविरुद्ध अमेरिकी सैन्य कारबाही गरिने कुरालाई पूर्ण रूपमा अस्वीकार नगरेको पनि उनले स्पष्ट पारेका छन् ।
विश्वसनीय स्रोतबाट प्राप्त जानकारीका आधारमा इरानमा हत्या रोकिँदै गएको र मृत्युदण्ड दिने योजना नरहेको थाहा भएको ह्वाइट हाउसमा बुधबार सम्बोधन गर्दै ट्रम्पले बताएका छन् ।
पत्रकारको प्रश्नमा उनले अर्को पक्षका अत्यन्तै महत्त्वपूर्ण स्रोतहरूले यस्तो जानकारी दिएको र ती विवरण सत्य हुने आशा व्यक्त गरे । इरानमा डिसेम्बरको अन्त्यतिर डलरको तुलनामा इरानी रियालको भाउ कीर्तिमानी न्यून स्तरमा झरेपछि प्रदर्शनहरू भएका थिए । सुरुमा आर्थिक असन्तोषका रूपमा देखिएको यो प्रदर्शन केही दिनमै धार्मिक नेतृत्वको वैधतामाथि प्रश्न उठाउने व्यापक आन्दोलनमा परिणत भएको थियो ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्