ट्रम्पको विरुद्ध फेसबुकको कडाई

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ २२

२२ जेठ। फेसबुकले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खातालाई दुई बर्षका लागि निलम्बन गरेको छ।

ट्रम्पको खाता पहिलो पटक ७ जनावरी २०२१ मा निलम्बित गरिएको थियो। फेसबुकका उपाध्यक्ष (ग्लोबल अफेयर्स) निक क्लेगले शुक्रबार एक ब्लग पोष्टमार्फत यो जानकारी दिए।

अमेरिकी राष्ट्रपति निर्वाचनको नतिजा पछि ६ जनावरी मा अमेरिकी संसद क्यापिटल हिल बाहिर हिंसाग्रस्त प्रदर्शन भएको थियो। यस अवधिमा ट्रम्पलाई आफ्ना समर्थकहरूलाई भड्काउने आरोप लगाइएको थियो। यसका कारण भोलिपल्ट ७ जनावरीमा फेसबुक सहित अन्य सामाजिक सञ्जालका प्लेटफर्महरूले ट्रम्पको विरुद्ध कारबाही गरेको थियो। फेसबुकको आफ्नै कम्पनी इन्स्टाग्रामले पनि ट्रम्पको खाता निलम्बन गरेको छ। अर्कोतर्फ‌ ट्विटरले ट्रम्पलाई सधैँका लागि प्रतिबन्ध लगाएको छ।

ट्रम्पले आफ्नो प्रतिक्रियामा अब सामाजिक सञ्जालका कम्पनीका मुख्य कार्यकारी अधिकारीहरुलाई डिनरमा आमन्त्रित नगर्ने निर्णय गरेका छन्। यस पश्चात जकरबर्गले एक पोष्ट मार्फत राष्ट्रपतिलाई यो समयमा उनका सेवाहरू प्रयोग गर्न अनुमति दिनु ठूलो जोखिम हो पनि बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *