|
२०८२ माघ १
काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज (२०८२ माघ १) का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा रहेको छ।
यस्तै, युरो, पाउण्ड, स्वीस फ्रयाङ्कसहित अन्य प्रमुख विदेशी मुद्राको दर पनि निर्धारण गरिएको छ। कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालजस्ता उच्च मूल्यका मुद्राको विनिमयदर उच्च रहेको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले आवश्यक परे जुनसुकै समयमा विनिमयदर संशोधन हुन सक्ने जनाएको छ भने वाणिज्य बैंकको दर फरक हुन सक्ने बताएको छ। अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्