चितवन — माघेसङ्क्रान्तिको अवसरमा देवघाट दर्शनका लागि जाने भक्तजनलाई लक्षित गर्दै निःशुल्क बस सेवा सञ्चालन गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनको पहल र प्याप्सनको सहयोगमा आठ वटा बसमार्फत सेवा दिइएको हो।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बिहीबार बिहान ६ः३० बजेदेखि भरतपुर महानगरपालिका–१ आँपटारीबाट बस सेवा सुरु भएको हो। ती बसहरूले आँपटारी–रामनगर–देवघाट–आँपटारी रुटमा आवतजावत गर्ने भक्तजनलाई सेवा प्रदान गर्नेछन्। भक्तजनको चाप रहुन्जेलसम्म बस सञ्चालन हुने जनाइएको छ।
विशेषगरी ज्येष्ठ नागरिक तथा पैदल हिँड्न कठिनाइ हुने भक्तजनलाई सहज बनाउन यो सेवा सुरु गरिएको प्रशासनले जनाएको छ। माघेसङ्क्रान्तिमा देवघाटमा स्नान र मेलाका लागि ठूलो संख्यामा भक्तजन आउने परम्परा रहेको छ। यस वर्ष करिब तीन लाख भक्तजन आउने अनुमान गरिएको छ।
यसैबीच, बुधबार बिहान वेणीमा लिङ्गो ठड्याएर मकरसङ्क्रान्ति मेलाको औपचारिक शुभारम्भ गरिएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्