बुधबार सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ पुग्यो

DaksuMedia दाक्सु मिडिया
|
पुस ३०, २०८२

काठमाण्डौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार बढेर हालसम्मकै उच्च मूल्य कायम भएको हो ।

महासंघका अनुसार बुधबार १० ग्राम सुनको मूल्य नै २ लाख ३८ हजार ३ सय ४० रुपैयाँ पुगेको छ ।

यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ५ हजार ३ सय ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर ५ हजार ६ सय ५५ रुपैयाँ कायम भएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *