|
२०८२ पुष २८
काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षले पार्टी फुटाउन प्रयास गरेको बताएका छन् ।
आज बिहान आफूसँग भेट गर्न आएका नेता-कार्यकर्तासँग देउवाले यस्तो बताएका हुन् ।
विशेष महाधिवेशन पक्षले बन्दसत्रबाट लिने निर्णयका आधारमा आफूले आवश्यक निर्णय लिने उनको भनाइ छ ।
संस्थापन पक्षकै केही नेताहरु आज बिहान देउवालाई भेट्न गएका थिए । उनले यो विशेष महाधिवेशन वैधानिक नभएको बताएका छन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन सुरु भएको छ । आज बन्दसत्रका कार्यक्रम सुरु हुँदैछन् । यो महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी भएको दाबी गरिएको छ ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्