काठमाण्डौँ । मंगलबार सेयर बजारको परिसूचक नेप्से ९.९३ अंक बढेको छ । सो अंकको वृद्धिसँगै २६४९ अंकमा पुगेको छ ।
आज बजार केही उतारचढावमा देखियो । कारोबार सुरु भएपछि नै बढेको नेप्से ११ : ५७ बजे २६६२ अंकसम्म पुगे पनि त्यसपछि दिनभर कुनै पनि समय सो अंकभन्दा माथि जान सकेन ।
कारोबार रकम बढेको छ । अघिल्लो दिन ६ अर्ब ४७ करोडको कारोबार भएकोमा आज ७ अर्ब १२ करोडको भएको छ । यो रकम एक महिनायताकै उच्च हो । कुल १४८ कम्पनीको मूल्य बढ्दा १०३ को घट्यो भने ८ को स्थिर रह्यो ।
यस दिन फाइनान्समा कारोबारीको आकर्षण देखिएको छ । सो समूह सबैभन्दा धेरै २.८७ प्रतिशत बढ्यो । हिजो उत्पादन तथा प्रशोधन सबैभन्दा धेरै ३ प्रतिशत बढेको थियो । आज भने सो समूह ०.५१ प्रतिशत घट्यो । त्यस्तै होटल तथा पर्यटन समूह ०.२३ प्रतिशत घट्यो ।
बैंकिङ ०.४३, विकास बैंक ०.७९, हाइड्रोपावर ०.१३, लगानी ०.३२, जीवन बीमा ०.०४, माइक्रोफाइनान्स ०.८४, निर्जीवन बीमा ०.१२, अन्य ०.७७ तथा व्यापार ०.५४ प्रतिशत बढे ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा एसवाई प्यानल, बुटवल पावर, शिवम् सिमेन्ट, बन्दीपुर केबुलकार र मञ्जुश्री फाइनान्स छन् ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्