काठमाण्डौँ । नेकपा एमालेले ईश्वर पोखरेलको जिम्मेवारी खोसेको छ ।
च्यासलमा बसेको सचिवालय बैठकले नीति तथा अनुसन्धान प्रतिष्ठानको प्रमुखबाट पोखरेललाई हटाएर विष्णु रिमाललाई जिम्मेवारी दिने निर्णय गरेको हो ।
अध्यक्ष केपी शर्मा ओलीले पोखरेलले नेतृत्व गर्दै आएको प्रतिष्ठानको जिम्मेवारी रिमाललाई दिने प्रस्ताव गरेका थिए ।
एघारौं महाधिवेशनमा रिमाल उपमहासचिव पदका उम्मेदवार थिए । तर केन्द्रीय सदस्यमा समेत पराजित भए । केन्द्रीय सदस्यमै पराजित भएपछि रिमाललाई ईश्वर पोखरेलले नेतृत्व गर्दै आएको प्रतिष्ठानको जिम्मेवारी दिइएको छ ।
ईश्वर पोखरेललाई जिम्मेवारीबाट हटाउने प्रस्तावमा केही पदाधिकारीले असहमति जनाएका थिए । ‘भर्खरै महाधिवेशन सकिएको छ । चुनाव नजिकै आइरहेको छ । यस्तो बेला पार्टीलाई एकताबद्ध बनाउन पनि ईश्वर पोखरेललाई जिम्मेवारीबाट हटाउनु हुन्न,’ ओलीको प्रस्तावमा असहमति जनाउनेहरुले भनेका थिए ।
तर आफूसँग अध्यक्ष भिडेका ईश्वर पोखरेललाई जिम्मेवारीबाट हटाउने प्रस्तावमा ओली अडिग रहे ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्