काठमाण्डौँ । सोमबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक २८.७३ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २६३९ अंकमा कायम भएको छ ।
बजार खुलेपछि दिनभर हरियो रह्यो । आज २१४ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ८ को स्थिर नै रह्यो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ५ अर्ब १ करोडको
कारोबार भएकोमा आज ६ अर्ब ४७ करोडको भयो । मुलुकमा प्रतिनिधिसभा निर्वाचनको वातावरण बन्दै गएपछि बजारको माहोल सकारात्मक देखिएको छ ।
आज उत्पादन तथा प्रशोधन समूहमा आकर्षण देखिएको छ । सो समूह सबैभन्दा धेरै ३.०५ प्रतिशत बढ्यो ।
सबै समूहका सूचक बढेका छन् । बैंकिङ ०.६५, विकास बैंक २.७०, फाइनान्स ०.८३, होटल तथा पर्यटन २.५३, हाइड्रोपावर १.४४, लगानी १.२३, जीवन बीमा ०.४९, माइक्रोफाइनान्स ०.५३, निर्जीवन बीमा ०.४२, अन्य ०.७८ तथा व्यापार ०.२२ प्रतिशत बढे ।
६ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा सागर डिस्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबुलकार, रुरु हाइड्रोपावर र बाराही हाइड्रोपावर छन् ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्