सोमबार सुन र चाँदी दुवैमा उच्च मूल्यवृद्धि

DaksuMedia दाक्सु मिडिया
|
पुस २१, २०८२

काठमाण्डौँ । सुनको मूल्य फेरि बढेको छ । आज सुन प्रतितोला ३ हजार ६०० रुपैयाँले बढेको हो ।

आइतबार २ लाख ६० हजार ४०० रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य आज २ लाख ६५ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीमा झनै ठुलो मूल्य वृद्धि भएको छ । आज चाँदी एकैदिन प्रतितोला १ सय ८५ रुपैयाँ बढेको छ । आइतबार ४ हजार ५०० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६ सय ८५ रुपैयाँ पुगेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *