|
२०८२ पुष १३
काठमाण्डौँ । राजनीतिक घटनाक्रम विस्तार भएसँगै आइतबार सेयर बजार उच्च अंकले बढेको छ ।
काठमाण्डौंका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीबीच आगामी फागुन निर्वाचनमा मिलेर जाने सहमति भएसँगै बजारमा पनि सुधार देखिएको हो ।
केही समय अघिदेखि पुराना दलहरू समेत निर्वाचनमा जाने तयारीमा देखिएका छन् ।
आसन्न निर्वाचनको लागि मुलुकमा वातावरण तयार हुँदै गएपछि पनि बजारमा सकारात्मक प्रभाव देखिएको हो ।
यसैबीच, आइतबार नेप्से ४७.५५ अंकले बढेको छ ।
नेप्से ०.८३ प्रतिशतले बढेर २६३३.४२ विन्दुमा बन्द भएको हो ।
आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।
बुधबार तीन अर्ब २२ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर पाँच अर्ब ५३ करोड रूपैयाँ पुगेको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्