|
२०८२ पुष ११
काठमण्डौँ । नेपाली बजारमा आज सुनको मूल्यले फेरि नयाँ रेकर्ड राखेको छ । केही दिनयता लगातार बढिरहेको सुनको मूल्य आज अहिलेसम्मकै महँगो बनेको हो ।
नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार आज प्रतितोला २ लाख ६९ हजार ३ सय रूपैयाँ तोकिएको छ । बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो । बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला १८ सय रूपैयाँ बढेको हो ।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ४ हजार ४ सय रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ४ हजार ५ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ६५ रूपैयाँ बढेको हो।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्