घुमीफिरी कमल थापा राप्रपामै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच एकता भएको छ।

बुधबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले एकताको सहमतिपत्रमा हस्ताक्षर गरे। सहमतिअनुसार पार्टीको नाम राप्रपा, अध्यक्ष लिङ्देन र चुनाव चिह्न हलो रहनेछ।

कमल थापा कुनै शर्त बिना राप्रपामा फर्किएका हुन्। एकता घोषणा सभा १६ पुसमा राष्ट्रिय सभागृहमा हुने तय भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *