×

यथार्थतालाई बंग्याएर गणतन्त्रको दुहाई दिनु बिपीको अपमान हो : कमल थापा

पुस १७, २०८१ | दाक्सु मिडिया

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले बिपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिको मुख्य सन्देश भनेको राजसंस्था र प्रजातान्त्रिक शक्ति बिच एकता र सहकार्य भएको बताएका छन्।

बिपिको जन्मजयन्तिको अबसरमा नेपाली काङ्ग्रेस (बिपि) द्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै थापाले नेपालमा राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धिको निमित्त राष्ट्रवादी र प्रजातान्त्रिक शक्तिहरू मिल्नुपर्छ भन्ने राष्ट्रिय मेलमिलापको मुल आत्मा भएको समेत स्पष्ट पारे।

थापाले थपे “यो यथार्थलाई बङ्गाएर गणतन्त्रको दुहाई दिनु बिपी कोइरालाको अपमान हो।” अहिलेको बिषम परिस्थितिमा राष्ट्रिय मेलमिलापको आवश्यकता अझ टड्कारो भएको चर्चा गर्दै थापाले परिवर्तनकारी शक्ति र बिचार एबं परम्परागत शक्ति र बिचार बिचको सामञ्जस्यता राष्ट्रिय सुरक्षा , सुशासन र समृद्धिको ग्यारेन्टी भएको समेत बताए ।

थापाले थपे “यो लक्ष्य प्राप्तिका निम्ति राष्ट्रवादी, देशभक्त र प्रजातान्त्रिक शक्तिहरू एकताको निम्ति आह्वान गर्दछु”।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: