|
२०८२ पुष ८
काठमाण्डौँ । अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ सेनाको चिकित्सा सामग्री वोकेको विमान दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।
मानवीय अभियानमा रहेको विमानमा आठ जना यात्रुहरू सवार रहेको मेक्सिकोको सेना सचिवालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।
शुरूआती समयमा दुर्घटनामा दुई जनाको मृत्यु भएको रिपोर्ट गरिएकोमा हाल मृतकको सङ्ख्या बढेर पाँच जना पुगेको जनाइएको छ भने दुर्घटनाबाट दुई जना यात्रुहरू बाँच्न सफल भएको जनाइएको छ ।
अमेरिकी तटरक्षकको खोजी प्रयासका बाबजुद उक्त उडानमा रहेका एक जना व्यक्ति अझै बेपत्ता रहेको सचिवालयले जनाएको छ ।
विमान टेक्सासको ग्यालभेस्टन नजिक पुग्दा दुर्घटना भएको जनाइएको छ ।
विशेष चिकित्सा वाहक मिसनलाई मेक्सिकन फाउन्डेसनसँग समन्वय गरिएको थियो जसले गम्भीर जलेका बच्चाहरूको हेरचाह गर्दछ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्