जनपक्षीय विद्यार्थी युनियनद्वारा काठमाडौं उपत्यकामा शैक्षिक हड्ताल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ७

काठमाडौं, ७ पुस – जनपक्षीय विद्यार्थी युनियन, नेपालले १८ बुँदे माग पूरा गर्न काठमाडौं उपत्यकामा शैक्षिक हड्ताल घोषणा गरेको छ। प्रमुख मागहरू यसप्रकार छन्:

  1. विदेशमा रहेका नेपाली विद्यार्थी, श्रमिक र नागरिकलाई मतदानको अधिकार।
  2. माध्यमिक तहसम्म निःशुल्क शिक्षा लागू।
  3. सरकारी विद्यालयमा अंग्रेजी र राष्ट्रिय भाषामाध्यमबाट शिक्षा।
  4. कक्षा १२ सम्म मासिक रु. ५०० भत्ता।
  5. कलेज तहमा न्यूनतम रु. १० लाख ऋणको व्यवस्था।
  6. निजी विद्यालय शुल्कमा ५०% कटौती।
  7. विद्यार्थीलाई निःशुल्क इन्टरनेट।
  8. विद्यालय आम्दानी र खर्च पारदर्शी।
  9. व्यवहारिक, सीपमूलक शिक्षा प्रणाली।
  10. विद्यार्थी राशन कार्डको व्यवस्था।
  11. शिक्षाको निजीकरण र व्यापारीकरण अन्त्य।
  12. सबै तहमा प्राविधिक शिक्षा कार्यान्वयन।
  13. नैतिक, वैज्ञानिक र देशभक्तिपूर्ण शिक्षा नीति।
  14. निजी विद्यालय शिक्षक/कर्मचारीको न्यूनतम तलब सरकारी बराबर।
  15. शैक्षिक सामग्रीमा न्यूनतम ५०% भन्सार छुट।
  16. निर्वाचन मितिसँगै प्रदेश र पालिकामा पनि चुनाव।
  17. असमान सन्धि खारेज, अतिक्रमित भूमि फिर्ता।
  18. राष्ट्रिय डेटा संरक्षण नीति निर्माण।

हाल निजी विद्यालयहरूले विद्यालय सञ्चालन वा बन्दबारे औपचारिक निर्णय गरेका छैनन्। प्याब्सन र एनप्याब्सनले सम्बन्धित विद्यालयलाई आफैं निर्णय गर्न भनेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *