आइतबार २६ सयमुनि झर्‍यो सेयर बजार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ६

काठमाण्डौँ । सेयर बजार फेरि २६ सयमुनि झरेको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा आज आइतबार नेप्से परिसूचक १९.९२ अंक घटेसँगै २५९५ मा कायम भएको छ । कारोबार सुरु भएदेखि दिनभर नेप्से रातो रह्यो ।

कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ४ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५२ करोडको भयो ।

४३ कम्पनीको मूल्य बढ्दा २०७ को घट्यो भने ७ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.६३ प्रतिशत घट्यो । त्यस्तै जीवन बीमा १.५२, विकास बैंक १.४२, फाइनान्स १.३८ प्रतिशत घटे ।

बैंकिङ ०.४७, जलविद्युत् ०.८६, लगानी ०.६२, उत्पादन तथा प्रशोधन ०.१०, निर्जीवन बीमा ०.८०, अन्य ०.४२ र व्यापार १.०१ प्रतिशत घटे ।

एउटा कम्पनी एसवाई प्यानलको मूल्य १० प्रतिशत बढ्यो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *