रिडी पावरको २४औं वार्षिक साधारण सभा पुष २५ गते

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ४

काठमाण्डौँ । रिडी पावर कम्पनी लिमिटेडले २४्औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस २५ गते सभा आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

उक्त सभामा कम्पनीको प्रबन्धपत्र नियमावलीमा संशोधन, विद्युत नियमन आयोग लगायत सरकारी कार्यालयहरुमा कम्पनीको तर्फबाट गर्नुपर्ने पत्राचार लगायत स्वीकृतीका लागि कम्पनीको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र कम्पनीको गाडी, स्क्राप लगायत अन्य शेयर सम्पत्तिहरु बिक्री गर्नुपरेमा कम्पनीको सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरिनेछ ।

यस्तै, आर्थिक बर्ष २०८१–८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखा परिक्षण प्रतिवेदन सहितको असारसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तिय विवरणहरु छलफल गरि स्वीकृत गर्ने र आर्थिक बर्ष २०८२–८३ का लागि बाह्य लेखा परीक्षकको निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु समेत पारित गरिनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *