अमेरिकी डलरको मूल्य घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ३

लगातार बढ्दै ऐतिहासिक उच्च बिन्दुमा पुगेको अमेरिकी डलरको भाउ बिहीबार घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार डलरको खरिददर १४४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा कायम भएको छ।

यसअघि बुधबार डलरको खरिददर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा थियो। यसरी एकै दिन डलरको मूल्य १ रुपैयाँ ३ पैसाले घटेको हो।

राष्ट्र बैंकले अन्य विदेशी मुद्राको विनिमय दर पनि सार्वजनिक गर्दै आवश्यक परे जुनसुकै बेला संशोधन हुन सक्ने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *