खगेन्द्रप्रसाद र रुद्रकली गौतमबुद्ध विमानस्थलबाट कतार उडे

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २

काठमाण्डौँ । नेपाल सरकारले उपहार स्वरुप दिएका दुई हात्ती आज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारका लागि उडेका छन् ।

कतार एयरवेजको उडान नम्बर क्यू आर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाज मार्फत बुधबार दिउसो ५ बजेपछि खगेन्द्रप्रसाद र रुद्रकली नामका दुई हात्ती विमानस्थलबाट छुटेका हुन् ।

दुई हात्ती मंगलबार नै चितवनबाट भैरहवा ल्याइएको थियो । यसअघि आज बिहान जहाज भारतको कोलकाता डाइभर्ट भएको थियो ।

भैरहवाबाट उडान भरेको ४ घण्टामा कतार पुग्ने विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले बताए । आज बिहान मौसम खराब हुँदा जहाज कोलाकाता डाइभर्ट भएको थियो ।

हात्तीहरूसँगै चितवनका एक जना पशु प्राविधिक, रूद्रकलीका माउते बुद्धिलाल श्रेष्ठ तथा खगेन्द्रप्रसादका माउते पाचुखा थारु पनि कतार प्रस्थान गरेका छन् । केही समय हात्तीहरूको रेखदेख गर्नेदेखि त्यहाँका कर्मचारीहरूलाई हात्तीको स्याहारसुसार गर्न सिकाएर मात्रै उनीहरू फर्किने छन् ।

नेपाल सरकारका तर्फबाट कतारलाई उपहारस्वरूप ६ वर्षको भाले हात्ती खगेन्द्रप्रसाद र ७ वर्षकै पोथी हात्ती रुद्रकली पठाइएको हो ।

२०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने बाचा गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

2 Comments

  1. Zoe1279

    December 18, 2025
  2. IsmaelDot

    June 26, 2026

    It is always encouraging to come across content that actually takes the time to break down the subject matter so thoroughly without overcomplicating the core message you are trying to deliver to the readers here.

    https://dollyolive.co.uk/

Leave a Reply

Your email address will not be published. Required fields are marked *