काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि सागसब्जी, फलफूल तथा अन्य कृषिजन्य वस्तुको थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार आज गोलभेँडाको मूल्य प्रतिकिलो ७० देखि ११० रुपैयाँसम्म रहेको छ। आलु रातो ४८, भारतीय आलु ३२, सेतो आलु ३० तथा सुकेको भारतीय प्याज ५२ रुपैयाँ प्रतिकिलो तोकिएको छ।
हरियो तरकारीतर्फ गाजर ८०, बन्दा ५०–६०, काउली ६०–९०, मूला २५–४५, भन्टा ८०–९० र मकै बोडी ८० रुपैयाँ प्रतिकिलोमा कारोबार हुने भएको छ। त्यस्तै सिमी, करेला, लौका, घिरौँला, फर्सी, भिन्डी, सखरखण्डलगायतको मूल्य ४० देखि १५० रुपैयाँसम्म तोकिएको छ।
सागपाततर्फ रायोसाग ४०, तोरीको साग ५०, पालुङ्गो, चमसुर र मेथीको साग १३० रुपैयाँ प्रतिकिलोमा उपलब्ध हुनेछन्। च्याउमा कन्य च्याउ १३०, डल्ले ३०० र कुरिलो १२०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
फलफूलतर्फ स्याउ २५०–३००, केरा (दर्जन) २००, सुन्तला १२०, जुनार १४०, अनार ४००, तरबुजा र मौसम १०० रुपैयाँ प्रतिकिलो तोकिएको छ। साथै किबी ३००, स्ट्रबेरी ५०० र आभोकाडो ३५० रुपैयाँ प्रतिकिलोमा बिक्री हुनेछन्।
मसला तथा अन्य वस्तुमा अदुवा ९०, हरियो खुर्सानी ८०–१००, अकबरे खुर्सानी २५०, लसुन २००–२८०, ताजा माछा २५०–३४० र सुकेको माछा १००० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
समितिले सार्वजनिक गरेको यो मूल्यसूची कालीमाटी बजारको आजको थोक कारोबारका लागि लागू हुने जनाएको छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्