काठमाण्डौँ । फागुन २१ गते प्रतिनिधिसभा चुनाव गर्न सकिनेबारे सुरक्षा निकायले ब्रिफिङ गरेका छन् ।
गृह मन्त्रालयलाई सुरक्षा निकायका प्रमुखहरूले केही दिनअघि मात्रै यसबारे ब्रिफिङ गरेका हुन् । चुनावको मिति नजिकिएसँगै चुनावी सुरक्षा रणनीतिमा गृह मन्त्रालयले तीव्र रूपमा काम गरिरहेको छ ।
तर, केही राजनीतिक दलले भने फागुन २१ मै चुनाव गर्न सुरक्षाका दृष्टिले निकै संवेदनशील रहेको दाबी गर्दै आएका छन् ।
कारागारबाट फरार कैदी, हिरासतका थुनुवा, ठूलो मात्रामा लुटिएका हतियार र हराएका गोलीगट्ठाका कारण चुनाव चुनौतीपूर्ण हुने भन्दै २१ फागुनमा चुनाव गर्दा सुरक्षा चुनौती बढ्ने दलहरूले बताउँदै आएका छन् ।
तर, सुरक्षा निकायहरूले यसलाई ठूलो सुरक्षा चुनौतीको रूपमा लिन नहुने तर्क गरेका छन् । नेपाल प्रहरीका १ हजार २७१ हतियार लुटिएकोमा अहिले धेरै हतियार फिर्ता आइसकेको बताइएको छ ।
अहिले फेला नपरेका हतियारमध्ये केही भने प्रदर्शनकारीहरूले खोलानाला तथा झाडीतिर फालेको र केहीले मात्रै न्यून मात्रामा लुकाएर राखेको हुनसक्ने सुरक्षा निकायको विश्लेषण छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्