मंसिरसम्म राजस्व सङ्कलन लक्ष्यभन्दा झण्डै २१ प्रतिशत कम

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १

काठमाण्डौँ । चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर मसान्तसम्मको राजस्व सङ्कलन लक्ष्यभन्दा कम देखिएको छ ।

आन्तरिक राजस्व व्यवस्थापन प्रणाली (आरएमआईएस) का अनुसार मंसिर २९ गतेसम्म कुल ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ, जुन मंसिरसम्मको लक्ष्यको ७८.७४ प्रतिशत मात्र हो । सरकारले चालु आवका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व सङ्कलनको वार्षिक लक्ष्य लिएको छ ।

सोअनुसार मंसिरसम्म ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य तोकिएको थियो । तर लक्ष्यअनुसारको राजस्व उठ्न नसक्दा सरकारमाथि थप दबाब बढ्ने संकेत देखिएको छ । मंसिर महिनाको मात्रै लक्ष्य ९५ अर्ब २० करोड रुपैयाँ रहेकोमा ८० अर्ब २७ करोड रुपैयाँ सङ्कलन भएको छ । यसले मंसिर महिनामा ८४.३१ प्रतिशत प्रगति देखाए पनि समग्र लक्ष्य पूर्तिमा अझै चुनौती रहेको देखिन्छ ।

मंसिर २९ गते एकै दिनमा भने ३ अर्ब ४४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको आरएमआईएसले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०८१र८२ सँग तुलना गर्दा चालु आवको लक्ष्य झन् बढाइएको देखिन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *