सोमबार सेयर बजार २६०१ अंकमा, कारोबार घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २९

काठमाण्डौँ । सोमबार सेयर बजारको परिसूचक नेप्से ६.७४ अंक बढेको छ । सो वृद्धिसँगै नेप्से २६०१ अंकमा कायम भएको छ । कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्बको कारोबार भएकोमा आज ३ अर्ब ४४ करोडको भयो ।

१५५ कम्पनीको मूल्य बढ्दा ९४ को घट्यो भने १० को स्थिर रह्यो । आजको वृद्धिलाई बैंकिङ समूहले राम्रो टेवा पुर्‍यायो । यद्यपि सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.७२, विकास बैंक ०.३३, फाइनान्स ०.९०, हाइड्रोपावर ०.०६, जीवन बीमा ०.३०, उत्पादन तथा प्रशोधन ०.५७, निर्जीवन बीमा ०.०७ तथा व्यापार समूह ०.२७ प्रतिशत बढे ।

होटल तथा पर्यटन ०.११, लगानी ०.०८, माइक्रोफाइनान्स ०.०८ तथा अन्य समूह ०.१७ प्रतिशत घटे।

दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा स्वस्तिक लघुवित्त र एसवाई प्यानल छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *