काठमाण्डौँ । स्टक ब्रोकर्स एशोसियसन अफ नेपालले ब्रोकर्स सापटी कोष सञ्चालनको तयारी गरेको छ ।
संघले पुस २६ गते बोलाएको साधारणसभामा ब्रोकर्स सापटी कोष सञ्चालनका सम्बन्धमा कार्यविधि तथा निर्णयहरु अनुमोदन गर्ने प्रस्ताव लैजान लागेको हो । साधारणसभाले पारित गरेपछि ब्रोकर्स सापटी कोष सञ्चालनको बाटो खुल्ने छ ।
संघको साधारणसभामा एशोशियसनको तर्फबाट अध्यक्षको आर्थिक बर्ष २०८१/०८२ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , एशोशियसनको आर्थिक बर्ष २०८१/०८२ को वासलात, आयव्ययको हिसाब सहितको लेखापरीक्षण प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , एशोशियसनको तर्फबाट कोषध्यक्षको आ।ब। २०८१ / ०८२ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुने छ ।
सभाले आर्थिक बर्ष २०८२/०८३ को लागि लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक पनि निर्धारण गर्ने छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्