काठमाण्डौ । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये ८ वटा कम्पनीहरुले नयाँ बोनसदर सार्वजनिक गरेका छन् ।
कम्पनीहरुले आर्थिक वर्ष २०८१–०८२ को लागि विभिन्न बीमालेखमा लागु हुनेगरी बोनसदर सार्वजनिक गरेका हुन् । उक्त बोनसदर कम्पनीहरुले आफ्नो आवश्यकता अनुसार जारी गरेका बीमा पोलिसीहरुमा लागु हुनेछ र सोही अनुसार बीमितहरुले पाउने छन् ।
हालसम्म नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, मेट लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्सले बोनशदर सार्वजनिक गरेका छन् । आर्थिक वर्ष २०८१–८२ को लागि यी बाहेकका अन्य ६ जीवन बीमा कम्पनीहरुले चाँही अझै पनि बोनसदर सार्वजनिक गरेका छैनन् ।
८ जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांङ्कीय मूल्याँकन गरी बीमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेका हुन् । बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त भएपछि कम्पनीहरूले संचालनमा ल्याएको तथा मुनाफामा सरिक हुने बीमालेखहरूको बीमाङ्कमा प्रतिहजारका दरले बोनस घोषणा गरिन्छ ।
कम्पनीहरुले घोषणा गरेको बोनशदर मृत्यु दाबी, पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा प्राधिकरणबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि समेत उक्त बोनश दर कायम हुने जनाएको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्