कुमारी बैंकले डाक्यो वार्षिक सभा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २८

काठमाण्डौ – कुमारी बैंकले पुस ३० गते आफ्नो २५औं वार्षिक साधारण सभा गर्ने भएको छ। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे सुरु हुनेछ।

बैंकको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो। यस वर्ष बैंकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ। साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ।

साथै, सभाले बैंकको सहायक कम्पनी कुमारी क्यापिटल र केबीएल सेक्युरिटिज लिमिटेडको गत आवको वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण पारित गर्ने र चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ बैंकले पुस १८ गते एक दिनका लागि शेयर बुक क्लोज गर्ने निर्णय पनि गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *