सानिमा बैंक लिमिटेडले २१ औं वर्ष पूरा गर्दै

DaksuMedia दाक्सु मिडिया
|
मंसिर २२, २०८२

काठमाण्डौँ । सानिमा बैंक लिमिटेडले २०८२ साल मंसिर २१ गते आफ्नो स्थापनाको २१ औं वर्ष पूरा गरेको छ । बैंकले दुई दशकभन्दा बढी समयदेखि आफ्ना ग्राहकहरूलाई निरन्तर सेवा र प्रतिबद्धताका साथ सबल अनि विश्वासिलो बैंक बन्न सकेको उपलक्ष्यमा २१ औं वार्षिकोत्सव मनाएको छ ।

यसै अवसरमा बैंकले आफ्ना ग्राहक तथा सम्पूर्ण सरोकारवालालाई बैंकिङ्ग यात्राभर निरन्तर सहयोग प्रदान गर्नु भएकोमा हार्दिक कृतज्ञता व्यक्त गरेको छ । बैंकको प्राङ्गणमा आयोजित एक कार्यक्रममा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यले बैंक २१ वर्ष पूरा भएकोमा बैंकका कर्मचारी, ग्राहक तथा सरोकारवालाहरुलाई बधाई ज्ञापन गर्दै सबै कर्मचारीहरूलाई सँगै अघि बढेर बैंकको लक्ष्य प्राप्त गर्न सामूहिक प्रयासका लागि प्रोत्साहन गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *