|
२०८२ मंसिर २२
काठमाण्डौँ । लगातार छैटौं कारोबार दिन सेयर बजार घटेको छ । सोमबार बजार परिसूचक नेप्से ३.०२ अंक घटेको छ । यो कमीसँगै २६०६ मा कायम भएको छ ।
गत साता कारोबार भएका चार दिन र यो साताका दुई दिन गरी ६ दिन बजार घटेको छ । विगत ६ दिनमा नेप्से १७० अंकले घटिसकेको छ । मंसिर ११ गते नेप्से २७७६ अंकमा थियो । केही नीतिगत सहजताका बाबजुत पनि राजनीतिक अस्थिरता, चुनावको अनिश्चितताजस्ता प्रमुख कारण लगानीकर्तामा कन्फिडेन्स बढ्न सकेको छैन ।
आज ९९ कम्पनीको मूल्य बढ्दा १४७ को घट्यो भने १२ को स्थिर रह्यो । दिनभर बजार सामान्य उतारचढावमा रह्यो । सोमबार कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब ३३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६६ करोडमा खुम्चियो ।
समूहगत सूचकमा मिश्रित प्रतिक्रया देखिएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्