जेनजी लक्षित प्याकसँगै १ करोड छात्रवृत्ति ल्याउने तयारी, एनसेल कार्यालय पुगे सञ्चारमन्त्री खरेल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २२

काठमाण्डौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल नक्खुस्थित एनसेल कार्यालय पुगेका छन् । जेनजी आन्दोलनका क्रममा लैनचौरस्थित कार्यालयमा भएको क्षतिको अवलोकन गर्न तथा सोही उमेर समूहलाई लक्षित गर्दै ‘प्याक’ सार्वजनिक गर्न आग्रह गर्दै मन्त्री खरेल एनसेल कार्यालय पुगेका हुन् ।

मन्त्री खरेललाई एनसेलका अध्यक्ष सतिशलाल आचार्य र प्रमुख कार्यकारी अधिकृत ९सीईओ० माइकल फोलेले स्वागत गर्दै आन्दोलनका क्रममा भएको क्षतिबारे जानकारी गराएका थिए ।

गत २४ भदौको जेनजी आन्दोलनका क्रममा एनसेलको लैनचौरस्थित केन्द्रीय कार्यालयमा तोडफोड, लुटपाट र आगजनी भएपछि कम्पनीले हाल नक्खुस्थित कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ । एनसेलका अनुसार उक्त आन्दोलनका क्रममा मुलुकका विभिन्न स्थानमा भएको आगजनी र तोडफोडबाट करिब ६५ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

भ्रमणका क्रममा मन्त्री खरेलले आफू क्षतिबारे जानकारी लिन आएको बताउँदै एनसेलले जेनजीलाई लक्षित गरी ‘प्याक’ ल्याउन लागेको थाहा पाउँदा खुशी लागेको बताएका छन् ।

उनले एनसेलमा ठुलो क्षति भएको उल्लेख गर्दै सरकार आवश्यक सहयोगका लागि तयार रहेको समेत बताए ।

यसैबिच, एनसेलले जेनजीलाई लक्षित गरी प्याक सार्वजनिक गर्ने र मुलुकभरका १०० जना विद्यार्थीलाई एक करोड रुपैयाँ बराबरको ‘जेनजी छात्रवृत्ति’ दिने घोषणा गरेको छ । साथै, एनसेलले सगरमाथा क्षेत्रको गोखरसेपसम्म थप पाँच ओटा टावर राखी ‘फोरजी’ सेवा विस्तार गर्न लागेको जानकारी दिएको छ ।

मन्त्री खरेलले एनसेलको २५ वर्षे अनुमतिपत्रको अवधि सकिएपछि के हुने भन्ने विषयमा देखिएका समस्या समाधानका लागि पनि सरकार प्रयासरत रहेको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *