|
२०८२ मंसिर २०
काठमाडौं – नेपाली कांग्रेसका सहसंयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातै प्रदेशमा एमाले बाहेकको नयाँ राजनीतिक गठबन्धन बन्ने दावी गरेका छन्।
मधेसमा नयाँ सत्ता समीकरणको उदयले अब अन्य प्रदेशमा पनि असर पार्ने प्रचण्डको भनाइ छ। मधेस प्रदेशमा सरकार गठनको क्रममा पुराना समीकरण तोडिएर नयाँ समीकरण बनेको उनले जनाए।
उनी भन्छन्, “मधेसबाट सुरु भएको नयाँ राजनीतिक समीकरण अब देशभर फैलिनेछ। गणतन्त्र आए पनि जनताको जीवनस्तरमा परिवर्तन नआएकोले जनजागरण (जनजी) आन्दोलनले सबैलाई आत्मसमीक्षा गर्न र सुधारको अवसर दिएको छ।”
प्रचण्डले नयाँ ढङ्गले विकासको मार्ग तय गर्न सबै नेपाली कम्युनिष्ट पार्टी एकताबद्ध हुने अपेक्षा राखेका छन्। एमालेमा विद्रोह गर्ने सबै नेता र कार्यकर्ताले अब नयाँ राजनीतिक गठबन्धनमा सहभागी हुनेछन् भन्ने उनको विश्वास छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्