धादिङको धुनिबेसीमा सात सवारी एकै ठाउँमा ठक्कर

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २०

धादिङ, मंसिर २०, २०८२ – धादिङको धुनिबेसी–६ चालिसेमा पृथ्वी राजमार्गमा ठूलो सवारी दुर्घटना भएको छ। दुर्घटनामा स्कुल बससहित चार वटा बस, दुई वटा ट्रक र एउटा मोटरसाइकल संलग्न भएको छ।

प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल हुँदा अन्य सवारीलाई ठक्कर दिँदा यो दुर्घटना भएको हो। दुर्घटनास्थलमा प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन्।

दुर्घटनापछि सडक पूर्णरुपमा अवरुद्ध भएको छ। स्थानीय पत्रकार आशीष ठकुरीका अनुसार दुई वटा बसमा सवार अधिकांश यात्रु घाइते भएका छन्। घाइतेहरू नजिकैको स्वास्थ्य संस्था र काठमाडौँतर्फ पठाइएका छन्। प्रहरीले अहिले सवारी हटाएर बाटो खोल्ने प्रयास गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *