|
मंसिर २०, २०८२
काठमाडौं – उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले सामाजिक सञ्जालमार्फत पार्टीबाट राजीनामा दिएको घोषणा गरेकी छन्।
श्रेष्ठले हेटौडामा भएको सडक विस्तार परियोजना विरोधको कारण देखाउँदै राजीनामा दिएको उल्लेख गरेकी छन्। उनका अनुसार, सडक विस्तारमा सरकारले बल प्रयोग गरेको छ र मानवअधिकार उल्लङ्घन भएको छ।
सोशल मिडियामा उनले लेखेकी छन्, “म आजदेखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिन्छु। अरू अभियन्ता साथीहरूले के गर्नुहुन्छ, मेरो नैतिकताले अनुमति दिदैन। म हेटौडा पीडितको पक्षमा छु।”
राजीनामासँगै श्रेष्ठले पार्टी र सरकारको गतिविधि प्रति असहमति जनाउँदै पीडितहरूको पक्षमा आफ्नो समर्थन स्पष्ट पारेकी छन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्