मधेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १९

काठमाण्डौँ । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख डा। सुरेन्द्र लाभले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरिएको हो ।

सात दलीय गठबन्धनबाट यादव मुख्यमन्त्री बनेका हुन् । काङ्ग्रेस जसपा नेपाल जनमत नेकपा माओवादी केन्द्र लोसपा र एकीकृत समाजवादीका ७७ जना सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका छन् ।

संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले गत मङ्सिर १७ गते राजीनामा दिएपछि उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *