|
२०८२ मंसिर १८
काठमाडौँ, २०८२ मंसिर १८ – नेकपा एमालेको ईश्वर पोखरेल पक्षले धनकुटा, दाङ, ओखलढुङ्गा लगायतका जिल्लामा महाधिवेशन प्रतिनिधि चयन प्रक्रियामा निष्पक्षता नभएको भन्दै आपत्ति जनाएको छ।पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे तथा सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीसँग प्रत्यक्ष भेट गर्दै प्रतिनिधि चयनमा विधि विपरीत निर्णय र चुनाव परिणाम रद्द गर्ने कार्यको विरोध जनाएका छन्।
उपाध्यक्ष पाण्डेका अनुसार, “प्रतिनिधि चयनमा आफूखुसी निर्णय र परिणाम रद्द गर्ने कार्यले महाधिवेशनको निष्पक्षतामा प्रश्न उठाउँछ। हामीले यस विषयमा ध्यानाकर्षण गराएका छौं।”
उनले थपे कि १५ जिल्लामा प्रतिनिधि चयनमा गडबडी भएको गुनासो प्राप्त भएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्