घरमै आएर जनसुन्नाइ गर्ने सरकार

DaksuMedia दाक्सु मिडिया
|
मंसिर १८, २०८२

ललितपुर — योमरी पुन्हीको भीडभाडले रौनकिएको बंगलामुखी क्षेत्रमा बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल अनौपचारिक रूपमा पुगेपछि स्थानीयवासी दंग परे। कुनै पूर्वसूचना बिना टोलमै मन्त्री भेटिएपछि नागरिकले समस्या, सुझाव र अपेक्षा प्रत्यक्ष राख्ने दुर्लभ अवसर पाए।

गुठीमा व्यस्त स्थानीयदेखि ८७ वर्षीय बाबुलाल महर्जनसम्मले मन्त्रीलाई घर–सिढीमै पाउँदा खुसी व्यक्त गरे। “सिंहदरबार जानुपर्ने बाध्यता अब छैन, सरकार नै नागरिककहाँ आइपुगेको छ,” स्थानीयहरूले प्रतिक्रिया दिए।मन्त्री खरेलले औपचारिक कार्यक्रमबिनै जनतामाझ पुग्दा वास्तविक समस्या बुझिन सक्ने बताउँदै, “नागरिकसँग सरोकार मात्र छैन, समाधानका सुझाव पनि हुन्छन्,” भने। वडा ११ कार्यालयमा जनप्रतिनिधि र सर्वसाधारणसँग उनले सुझावसमेत लिए।

देशभरका बस्ती–टोलमा पुगेर नागरिकका आवाज नीतिमा रूपान्तरण गर्नु सरकारको दायित्व भएको मन्त्री खरेलले उल्लेख गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *