|
२०८२ मंसिर १८
झापा– मेचीनगर–४ का किसान रवि नेपालले एक बिगाहा जग्गामा ३०० बिरुवा रोपी व्यावसायिक नरिवल खेती सुरु गरेका छन्। नौ वर्षपछि उत्पादन दिने यो बालीबाट उच्च आम्दानीको आशा गरिएको छ।
उनका परिवारले पहिले हुर्काएका केही बोटबाट वर्षेनी १७ हजार रुपैयाँसम्म कमाइ हुँदै आएको छ। झापामा स्थानीय उत्पादन कम भएकाले बजारमा काँचो नरिवल भारतबाट आउने गरेको व्यवसायीहरूको भनाइ छ।
नेपाल आगामी वर्ष थप ७०० बिरुवा रोप्ने तयारीमा छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्