|
२०८२ मंसिर १८
नेपालमा चिसो तीव्र हुँदै जाँदा जुम्ला र दोलखाको जिरीमा न्यूनतम तापक्रम माइनसमा झरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार जुम्लामा तापक्रम माइनस ५.२ डिग्री र जिरीमा माइनस ०.१ डिग्री पुगेको छ। पछिल्ला दिनमा राति बादल बढेकाले चिसो बढी महसुस भएको मौसमविद्हरूले बताएका छन्।
काठमाडौँमा न्यूनतम तापक्रम ८.५ डिग्री छ भने नेपालगञ्ज, पोखरा, भैरहवा, जनकपुरलगायत स्थानमा पनि तापक्रम क्रमशः घट्दै गएको विभागले जनाएको छ। जनवरीमा अझै चिसो बढ्ने अनुमान गरिएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्