कालिकोटका पूर्व जनप्रतिनिधि–कर्मचारीसहित ८ जनामाथि भ्रष्टाचारको मुद्दा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १६

काठमाडौं, मंसिर १६ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको नरहरिनाथ गाउँपालिकामा सिँचाइ कुलो निर्माण कार्यमा अनियमितता गरेको आरोपमा आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मुद्दामा गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष मनशोभा बुढासँगै निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपाने, सव–इन्जिनियर अमर शाही र अनिलकुमार विष्ट, वडा नं. ७ का तत्कालीन वडा अध्यक्ष दलबहादुर विश्वकर्मा, उपभोक्ता समिति अध्यक्ष नरेशबहादुर शाही, सचिव काशी विश्वकर्मा र कोषाध्यक्ष मधु विश्वकर्मा समावेश छन्।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार प्रत्येक प्रतिवादीले १९ लाख ४८ हजार ४८८ रुपैयाँ बराबरको बिगो भुक्तान गर्नुपर्ने मागदाबीसहित मुद्दा पेश गरिएको हो।
वडा नं. ७ मा ओख्रेनी–ओडीखोला (ओगडेनी–आडिखोला) सिँचाइ कुलो निर्माणका क्रममा कागजमा देखाइएको काम वास्तविक निर्माणभन्दा बढी देखाएर अनियमितता गरिएको अभियोगपत्रमा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *